२ माघ २०८१, बुधबार

प्रारम्भीक तहको पढाई सुधारका लागि पढाई उत्सव



धनगढी । प्रारम्भीक तहको पढाई सुदृढ गरी वालवालिकाहरुको सिकाई उपलब्धीमा सुधार ल्याउनका लागि धनगढीको फूलवारी स्थित जनप्रिय आधारभूत विद्यालयमा शनिवार पढाई उत्सव सम्पन्न भएको छ ।

पढाई उत्सवमा पढाई प्रतियोगिता र पढाई शिविरको माध्यमवाट विद्यार्थीको प्रारम्भिक कक्षा पढाइ सिप विकासमा अभिरुचि पढाइमा प्रगति र प्रोत्साहन गरी प्रारम्भीक तहको पढाईमा सुधार ल्याउने उद्धेश्यले आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विमला भटटईले बताए । पढाई उत्सवको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी एवं सुदूरपश्चिम प्रदेशका सासद नेपालु चौधरीले उद्धघाटन गरेका थिए ।

सासद चौधरीले पढाई उत्सवले अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि हासिल गर्न र विद्याथीै केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्नका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए । उक्त उत्सवमा पढाई पढाई शिविर र पढाई प्रतियोगिता समेत सचालन गरिएको थियो ।

पढाई प्रतियोगीतामा सहभागी प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्याथीहरु लाई प्रदेश सासद नेपालु चौधरी र धनगढी उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष तिलुराम चौधरीले पुरस्कार वितरण गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक विमला भट्टराईले प्रारम्भीक तहको पढाईको अवस्था सहितको प्रगति विवरण प्रस्तुत गरे ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वाड नं १९ का अध्यक्ष तेजराम चौधरी,वडा सदस्य विना चौधरी,कार्यक्रमका अधिकृत राजेन्द्र रैका,युवा संघका नेत्र प्रसाद मैनाली, प्रारम्भीक कक्षा पढाई उपसमितीका संयोजक तेजराम चौधरी लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नवराज स्नेहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन शिक्षक पदम वहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार