२१ मंसिर २०८२, आईतवार

फौज्दारी मुद्दाको संख्यामा बृद्धि



धनगढी । कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरूमा फौजदारी मुद्दाको संख्या अधिक रहेको छ ।

कैलाली जिल्ला अदालतको तथ्यांक अनुसार गत आर्थिक वर्षका ब्यक्तिवादी र सरकारवादी गरी फौजदारी अपराधमा नौ सय ८६ मुद्दा दर्ता भएका थिए । सो अवधिमा देवानी मुद्दा सात सय ३७ दर्ता भएका थिए ।
अदालतका श्रेष्तेदार भूवन गिरीले पछिल्ला वर्षहरुमा अदालतमा ब्यक्तिवादी देवानी भन्दा फौजदारी अपराध सम्बन्धी मुद्दाहरूको संख्या बढेको बताए ।
फौजदारी भन्दा देवानी मुद्दा बढी हुने गरेको अदालतमा केही वर्षयता फौजदारी मुद्दा बढ्नुमा समाजमा बढेको जागरुकता मुख्य कारण रहेको जिल्ला न्यायधीश कृष्णप्रसाद खनालले बताए । उनले विगतमा बलात्कार, महिलामाथि हुने कुटपिट र घरेलु हिंसाजस्ता मुद्दा पनि समाजमै मिलाईने गरेकोमा पछिल्ला वर्षहरुमा यस्ता मुद्दा प्रहरी मार्फत अदालतमा पुग्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार