१४ कार्तिक २०८१, बुधबार

सांसद् रेशम चाैैधरीकाे सपथ ३ बजे सर्याे




काठमाडौं । प्रहरी उच्चअधिकारीसहित ८ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाका मुख्य अभियुक्त भएकाे आराेप लागेका सांसद रेशम चौधरीको सपथ आज ३ बजेकाे लागि सरेकाे छ । सिंहदरवारस्थित राज्य व्यवस्थाको हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ । बिहान साढे ११ बजे नै सपथको तयारी भएपनि नाटकीय रुपमा अपरान्ह ३ बजेका लागि सारिएको छ । सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले डिल्लीबजारस्थित कारागारबाट ल्याउन समय लागेको तथा प्रतिनिधिसभा बैठक समेत अहिले केहीबेरमा बस्ने भएकाले सपथ अपरान्हका लागि सारिएको बताउनुभयो । चौधरीको सपथ गराउने लगायत माग राख्दै राष्ट्रिय जनता पार्टी राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिदै आएको थियो । पछिल्लो अन्टिमेटम सकिएको २ दिनपछि संसद सचिवालयले सांसद चौधरीलाई सपथ गराउन लागेको हो । राजपाका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरी २०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अनुसन्धनका क्रममा पुर्पक्षका लागि थुनामा छन् । सपथ लगत्तै चौधरीलाई पुनः डिल्लीबजारस्थित कारागार चलान गर्ने स्रोतको भनाईछ । उनी निलम्बित सांसदका रुपमा कारागारमा रहेन छन् ।
ईकान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार