३ माघ २०८१, बिहीबार

माघी मेला लाग्दै



कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा थारू समुदायको प्रमुख चाड माघीको उपलक्ष्यमा मेला लाग्ने भएको छ ।
थारू कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजनामा बेलौरी नगरपालिकाको सहआयोजना र सुन अटो सेल्स बेलौरीको मुख्य प्रायोजनामा पुस २७ गते देखि २९ गतेसम्म बेलौरीमा ‘थारू एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमर अभियान’ भन्ने नाराका साथ बेलौरी माघी मेला २०७५ आयोजना गरिने प्रचारप्रसार समिति संयोजक कृष्ण गुम्बा चौधरीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुम्बाले थारू जातिको धर्म संस्कृति लोप हुँदै गएकाले यसको जर्गेना गर्नुपर्ने भन्दै मेला आयोजना गरिने बताए ।
उनले मेलाको पहिलो दिन रक्तदान र थारू जातिको परिकार तथा रहनसहनका साथै भेषभूषा सम्बन्धी १५ वटा सांस्कृतिक स्टल समेत राखिने बताए ।
मेलामा थारू समुदायको सांस्कृतिक झाँकी, मघौटा नाच, मुंगरवा नाच, झुम्रा नाच, थारू नृत्य, थारू र गैरथारू राष्ट्रिय कलाकारहरूको प्रस्तुतिहरू रहने छ ।
थारू कल्याणकारणी सभाका केन्द्रीय सदस्य जीउलाल चौधरीले मेलाले थारू समुदायको संस्कृति जर्गेनामा योगदान पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार