निसास्यीएर बालकको मृत्यु
बैतडी । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् ।
बैतडी जिल्ला मेलौली नगरपालिका वडा नम्बर २ घर भई हाल डडेल्धुरा बस्दै आएका १३ वर्षीय विनोद भट्टको बुधबार राति अक्सिजनको अभावमा मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जाडोका कारण कोठामा कम्बलमा आगोका कोइला राखेर ढोका थुनेर सुतेका आमा र छोरा बिहीबार बिहान निसास्सिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उपक्षेत्रीय अस्पताल पुर्याइएका थिए । अस्पतालले विनोदको छ घण्टा अगाडि नै मृत्यु भएको अनुमान गरेको छ ।
डडेल्धुरा सदमुकाम नजिकै रहेको वैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत थिए ।