७ पुष २०८१, आईतवार

विद्युत कर्मचारी मृत्युबारे अनुसन्धानका लागि पाँच जना पक्राउ



कञ्चनपुर । कञ्चनपुरको लालपुरपुस्थित नेपाल विद्युत प्राधिकरण लालपुर सबस्टेसनका चौकीदार चन्द्रदेव भट्टको आइतबार ट्रान्सफरमरमा जलेर भएको मृत्युबारे अनुसन्धानका लागि पाँच जना कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कार्यालय प्रमुख पदम चन्दसहित कर्मचारीहरू तिलक स्वाँर, मीनराज भट्ट, महेश शाह र कमल सिंह बडू छन् । आफन्तले हत्याको आरोप लगाएपछि केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए । घटनामा अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।
शनिबार राति ड्युटीमा रहेका भट्ट सबस्टेसनको ठूलो ट्रान्सफरमरमा आइतबार बिहान मृत भेटिएका थिए । उनको पूरै शरीर जलेको अवस्थामा पाइएको थियो ।
भीमदत्त नगरपालिका–१९, बाँगफाँटा निवासी भट्टका आफन्तले उनको हत्या भएको आरोप लगाउँदै दोषिलाई पहिचानको माग राखी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
आफन्तले शव पनि उठाएका छैनन् ।

सम्बन्धित समाचार

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार