२ माघ २०८१, बुधबार

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको सब–स्टेशनमा करेन्ट लागेर आइतबार बिहान विद्युतका एक कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका वडा नम्बर १९, बागफाँटा घर भई हाल विद्युत सब–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको हो ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका लागि तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
मृतकका आफन्त र स्थानीयवासीले चन्द्रदेवको मृत्यु शंकास्पद भएको भन्दै पूर्व–पश्चिम राजमार्गको लालपुर खण्डमा अवरोध पुर्‍याउनुका साथै आइतबार साँझसम्म शव उठाउन दिएका छैनन् ।
स्थिति तनावपूर्ण भएपछि लालपुरमा दिनभरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
उता, कञ्चनपुरमा चाउमिन खाँदा दुई बालकको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, आमघाटमा ठूलो आमाले पकाएर दिएको चाउमिन खादा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षका टेकबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । चाउमिनमा कुनै विषालु पदार्थ मिसाएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार