३ माघ २०८१, बिहीबार

चट्याङबाट तीन विद्यार्थी घाइते



अछाम । अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ सेराको पदमासना आधारभूत विद्यालयमा चट्याङ पर्दा तीन विद्यार्थी घाइते भएका छन् ।
चट्याङबाट कक्षा ८ की छात्रा वसन्ती भण्डारी गम्भीर घाइते भएकी छन् भने कक्षा ४ का धिरज भण्डारी र कक्षा ३ की लक्ष्मी भण्डारी सामान्य घाइते भएका विद्यालयका प्रधानाध्यापक पदमराज जैशीले बताए ।
विद्यालयमा सञ्चालन भइरहेको अर्ध–वार्षिक परीक्षा सकेर निस्किँदै गरेको बेला बिहीबार मध्यान्ह चट्याङ परेको थियो ।
घाइतेको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार