युवती बलात्कृत
अछाम । महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेकै बेला अछाममा एक युवती बलात्कृत भएकी छन् ।
प्रहरीले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा साँफेबगर नगरपालिका वडा नम्बर ४ भण्डारीगाउँका ३३ वर्षीय मिलन भुललाई पक्राउ गरेको छ । पीडित युवतीले दिएको उजुरीका आधारमा मिलनलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
मिलनले गत आइतबार ती युवतीलाई बलात्कार गरेको र पीडितले साँफेबगर इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि प्रहरीले मिलनलाई उसकै घरबाट पक्राउ गरेको जनाइएको छ ।