३ माघ २०८१, बिहीबार

नेकपा नेता भट्टलाई कालोझण्डा



धनगढी । नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टलाई आइतबार डोटीमा कालो झण्डा देखाइएको छ ।
आइतबार शहीद स्मृति आवासीय विद्यालयको कार्यक्रममा सहभागी बन्न डोटी पुगेका नेता भट्टलाई नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल तथा नेपाल लेखक संघका सदस्यहरूले चर्को नाराबाजीसहित कालोझण्डा देखाएका थिए ।
सुदूरपश्चिम प्रदेशको राजधानी साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायलबाट कैलालीको तेघरी गोदावरीमा सार्न मुख्य भूमिका निर्वाह गरेको भन्दै उनलाई कालोझण्डा देखाइएको जनाइएको छ ।
नेविसंघका नेता विजय ओझाले डोटीमा पर्याप्त पूर्वधार हुँदाहुँदै पनि कैलालीको गोदावरीको जंगलमा राजधानी तोक्ने कार्यमा प्रमुख भूमिका निर्वाह गरेका कारण विरोध गर्नु परेको बताए ।
नेता भट्टलाई कालोझण्डा देखाउन दिपायलबाट राजपुरसम्म प्रदर्शनकारी चढेर आएको शैलेश्वरी यातायात व्यवसायी समितिको से १ ज ५३१ नम्बरको जीप प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार