३ माघ २०८१, बिहीबार

निर्मला हत्याकाण्ड : नागरिक संघर्ष समितिद्वारा पुन: धर्ना



कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तका वास्तविक दोषीलाई सार्वजनिक गर्न माग राख्दै नागरिक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुन: धर्ना दिएका छन् । सोमबार बिहान ११ बजेदेखि प्रशासनको मुल गेटमा नागरिक संघर्ष समितिका अगुवाहरूले टाउकोमा कालोपट्टी बाधेर धर्ना दिए ।
नागरिक संघर्ष समितिका सदस्य निर्मला जोशी (भट्ट) ले चार महिनासम्म पनि हत्यारा सार्वजनिक नगरिएका कारण फेरि आन्दोलनमा उत्रिएको बताए । धर्नाकारीले प्रशासन कार्यालयको मूल गेटभित्रबाट प्रवेस गर्न नदिएपछि वडा कार्यालयको गेट भएर कार्यालय जान लागेका सेवाग्राहीलाई समेत फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार