४ आश्विन २०८१, शुक्रबार

सडक किनाराबाट खोकाछाप्रा हटाइयो



कञ्चनपुर । भीमदत्त नगरपालिकाको महेन्द्रनगरदेखि गड्डाचौकीसम्मको सडक किनारमा राखिएका खोका छाप्रा हटाइएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ४ कार्यालयले प्रहरीको सहयोगमा नेपाल विद्युत प्राधिकरण कार्यालयदेखि सडक डिभिजन कार्यालय कार्यालयसम्म सडक किनारामा राखिएका खोकाछाप्रा हटाएको जनाएको छ ।वडा नम्बर ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराले सडक किनारमा राखिएका खोकाछाप्राका कारण यातायात सञ्चालनमा समस्या बढेको, सवारी दुर्घटनाको जोखिम बढेका कारण हटाएएको बताए ।
वडा कार्यालयले यसअघि सडक किनाराका खोका छाप्रा हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको थियो ।
वडा अध्यक्ष बोहराले सडक किनार र बजार क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका सबै खोका छाप्रा हटाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार