९ कार्तिक २०८१, शुक्रबार

मेयरको गाडी किन्ने रकम अस्पताल निर्माणमा खर्च गरिने



धनगढी । देशैभर जनप्रतिनिधिहरुले गाडी किनेको भन्दै आलोचना भइरहका बेला कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने भएका छन् ।


लम्कीचुहा नगरपालिकाको कार्यापालिकाको आइतबार बसेको बैठकले मेयरका लागि गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ वडा नं. १०, चुहामा निर्माण भइरहेको सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेको हो । मेयर बजगाईका स्वकीय सचिव विष्णु खनालका अनुसार मेयर बजगाईले पुरानै गाडी चढ्ने निर्णय गरेपछि कार्यपालिकाले त्यो रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।
सो अस्पताल निर्माणका लागि नगरपालिकाले म्याचिङ फण्डबाट १५ लाख रुपैयाँ यसअघि नै छुट्याइसकेको छ । ५० शैय्याको सो अस्पताल निर्माणका लागि कैलाली क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद् झपटबहादुर रावलले एक कराेड १० लाख रुपैयाँ सांसद् विकास कोषबाट छुट्याएका छन् । प्रदेश सरकारबाट समेत १ करोड रकम विनियोजनको लागि पहल भइरहेको खनालले बताए ।
सामुदायिक अस्पतालबाट अत्याधुनिक प्रविधि सहित सम्पूर्ण सेवा दिने गरी अस्पताल निर्माण भइरहेको छ । नगरपालिकाले नीति बनाएर २ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार