२ पुष २०८२, बुधबार

नगरपालिका र इजरायली दूतावासबीच सहयोग आदानप्रदानबारे छलफल



महेन्द्रनगर । भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धी बुधबार छलफल भएको छ ।
बुधबार भीमदत्त नगरपालिका कार्यालयमा नगर प्रमुख सुरेन्द्र विष्ट र इजरायली दुतावासका ताल सवरतुमनबीच सहयोगबारे छलफल भएको जनाइएको छ । सो अवसरमा इजरायली दुतावासका उपप्रमुख ताल सवरतुमनले सन् २०१९ सम्म भीमदत्त नगरपालिकासित सम्बन्ध विस्तार गरिने प्रतिवद्धता जनाए । उनले पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने इजरायली पर्यटकको सुरक्षा, कृषि क्षेत्रमा सहयोग तथा नगरको विकासमा सहयोगबारे प्रतिवद्धता जनाएका थिए ।
छलफलका क्रममा नगर प्रमुख विष्टले पर्यटन तथा कृषि क्षेत्रको विकासमा सहयोगका लागि आग्रह गरिएको बताए ।
नगर प्रमुख विष्टले दुतावासका उपप्रमुख ताल सवरतुमनलाई नेपाली टोपी र खादा लगाएर स्वागत गरे ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा सहित जनप्रतिनिधि र कर्मचारी सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार