१८ दिनपछि शव फेला पर्यो
बझाङ । सेती नदीमा १८ दिनदेखि नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान आइतबार वेलुका मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक १५ गते जिल्ला कारागार पछाडि सेती नदीमा बेपत्ता भएका राजेन्द्र बुढाको आइतबार शव भेटिएको बताइएको छ । आइतबार साढे तीन बजेतिर डुंग्रीका स्थानीयले माछाका लागि पासो थाप्न जाँदा पानीमा शव तैरिरहेको अवस्थामा फेला पारेका थिए ।
नदीमा बग्दै गएको शलवाई प्रहरीले गोलाइस्थित खोचाबाट उद्धार गरेको थियो ।
उद्धार लगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको डीएसपी प्रविण धितालले जनाए ।
यसअघि बेपत्ता भएको चार दिनपछि (कात्तिक १८ गते) शव निकाल्न गोताखोर, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी टोलीले प्रयास गरे पनि नदी गहिरो र बहाब उच्च भएकाले उद्धार गर्न सकिएको थिएन ।