१८ बैशाख २०८१, मंगलवार

नेपथ्यको लाईभ–शो हुने



धनगढी । सांगितिक समूह नेपथ्य स्थापनाको २५ औं वर्षगाठको अवसरमा धनगढीमा ‘लाईभ–२०१८, द विगेष्ट शो अफ धनगढी’ हुने भएको छ ।
नेपथ्यले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मंसिर १३ गते धनगढी रंगशालामा अत्याधुनिक साउण्ड र लाइटको साथमा शो गर्न लागेको जनाएको हो । दाताज् ईभेन्ट म्यानेजमेन्ट, चितवन, द मेन्सन नेपाल, धनगढी र दारी ग्यांग, धनगढीको सहकार्यमा शो आयोजना हुन लागेको हो ।
साँझको समयमा हुने शोको समय अढाईदेखि ३ घण्टाको रहने दाताज् ईभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरेले बताए । उनले त्यसको प्रचारका लागि आइतबार सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा प्रि इभेन्ट म्युजिकल टूर गरिन लागेको बताए । टूरमा विभिन्न स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ भने शोमा नेपथ्यका कलाकारहरूको प्रस्तुति रहने छ ।
शो हेर्नका लागि एक हजार रुपैयाँको टिकट व्यवस्थाम गरिएको घिमिरेले बताए । उनले करिब ६ हजार दर्शकले शो हेर्न आउने अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार