नेविसंघद्वारा चक्काजाम
डडेल्धुरा । डडेल्धुरामा नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । पक्राउ परेका आफ्ना नेताको रिहाइको माग राखेर विरोधमा उत्रिएको नेविसंघले डडेल्धुरामा चक्काजाम गरेको हो ।
मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीको तस्बिरको दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
नेविसंघले उनलाई तत्काल रिहा गर्नुपर्ने माग गरेको छ । सँगै नेविसंघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीय किशोरी निर्मला पन्तको घटनामा सरकारले लापर्वाही गरेको प्रति अपत्ति जनाएको छ ।
नेविसंघको आन्दोलनका कारण एक घण्टासम्म सडक अवरुद्ध भएको थियो ।