न्यायको अनुभूति गर्ने वातावरण आवश्यक– रावल
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले सर्वसाधारणले न्यायको अनुभूति पाए मात्रै जनताले कानून व्यवसायीमाथि विश्वास गर्ने बताएका छन् ।
नेपाल कानून व्यवसायी संगठनद्वारा मंगलबार धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा नेता रावलले अहिले पनि जनताले न्याय माग्दा विभिन्न बाधा अवरोध अड्चन बेहोर्नु परिरहेको चर्चा गरे ।
उनले जनतालाई छिटो छरितो र सर्वसुलभ ढंगले कानूनी सेवा दिएर विश्वासको वातावरण बनाउन कानूनी व्यासायीहरूसँग आग्रह गरे । उनले न्यायालयमा बढ्दै गएको भ्रष्टाचार न्यूनीकरण गर्न कानूनी व्यवसायीहरू अग्रसर हुन पनि आग्रह गरे ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले न्यायलयमा हुने गरेका सबै भ्रष्टाचारको अन्त्य नगरेसम्म जनताले सहज रूपमा न्याय पाउन नसक्ने बताए ।