१४ कार्तिक २०८१, बुधबार

विद्यालयमा तोडफोड



दार्चुला । मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उच्च माविमा अज्ञात समूहले तोडफोड गरेको छ ।
विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको हो । सो घटना शुक्रबार भएको अनुमान गरिएको छ । तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले घटना ढिलो थाहा भएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिए ।
विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सी लगायत सामग्री तोडफोड हुनाका साथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालय समेतको ताला तोडिएको उनले बताए । तोडफोडबाट झन्डै रु २ लाख ५० हजारको क्षति भएको अनुमान गरिएको छ ।
प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र शंकास्पद व्यक्तिको खोजी भइरहेको बताए । तोडफोड गरिएका कम्प्युटर लगायत उपकरण काम नलाग्ने अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार