२ माघ २०८१, बुधबार

साइपाल हिमाल आरोही टोलीको भरियाको लडेर मृत्यु



बझाङ । साइपाल हिमाल आरोहण गर्न गएको टोलीको भारी बोकेर गएका एक सदस्यको मृत्यु भएको छ ।
साइपाल हिमालको आधार शिविरमा आरोही टोलीको भारी पुर्‍याएर घर फर्कने क्रममा मंगलबार बेलुका तल्कोट गाउँपालिका–३ का पुरन खत्रीको मृत्यु भएको हो ।
२७ वर्षिय पुरनको साइपाल हिमालको आधार शिविर औंलागाडबाट फर्कने क्रममा सुनपानीमा करिब तीन सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल सुनपानी तल्कोट गाउँपालिकाको वडा नम्बर ४ मा पर्दछ ।
गत कात्तिक ३ गते बझाङ जिल्लामा अवस्थित साइपाल हिमाल चढ्न गएका आराही टोलीको सामान बोकेर खत्री गएका थिए ।
मृतक खत्रीका दुई छोराछोरी र श्रीमती छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार