२ माघ २०८१, बुधबार

निर्मला हत्या प्रकरण : अपराधी पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा फेरि प्रदर्शन



कञ्चनपुर । बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार महेन्द्रनगरमा र्‍याली सहित प्रदर्शन गरिएको छ । महिला अधिकारकर्मी र पीडित परिवारले चाँडो अपराधी पत्ता लगाउन माग गर्दै प्रदर्शन गरि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
आइतबार बसेको सर्वपक्षीय बैठकले र्‍याली सहित प्रदर्शन गरेर प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । र्‍याली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेको थियो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनत्रप बुझाएपछि र्‍याली समापन गरिएको थियो ।
हत्या भएको तीन महिना भन्दा बढी भइसक्दा पनि अपराधी पत्ता लाग्न नसक्दा प्रहरी प्रशासनप्रति जनविश्वास गुम्दै गएको भन्दै अपराधी पत्ता लगाउनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ । तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन इञ्चार्ज जगदीश भट्टलाई बर्खास्त गरिएपनि उनीहरूमाथि कानूनी कारवाही चलाइनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
निर्मलाका हत्यारा पत्ता नलागेसम्म दवावमूलक प्रदर्शनलगायतका कार्यक्रम जारी रहने नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार