१६ कार्तिक २०८१, शुक्रबार

संसदमा सभापतिहरुको सपथ



धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विभिन्न चारवटा समितिका सभापतिहरुको सोमबार सपथ ग्रहण भएको छ ।
प्रदेश सभा सचिवालय परिसरमा आयोजित एक कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले समितिका सभापतिहरुलाई सपथ ग्रहण गराएका हुन ।
अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर गोविन्द, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, बिधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालू चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बमले सपथ ग्रहण गरेका हुन् ।
कुँवर, जोशी, चौधरी नेकपा र बम नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य हुनु ।
चारवटै समितिका सभापतिहरु निर्बिरोध निर्बाचित भएका हुन । सो अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु, उपसभामुख र प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार