कर्मचारीले संघीयता चल्दैन कि भनेर शंका नगरे हुन्छः सहसचिव सुनार
धनगढी। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) सन्तबहादुर सुनारले संघीयता चल्दैन कि भनेर कर्मचारीहरु खटाएको काममा नगएका बताएका छन् । विहीबार धानगढीमा भएको एक कार्यक्रमलाई सम्वोधन गर्दै सुनारले यस्तो कुरा बताएका हुन् ।
संघीयतामा ७६१ वटा सबै सरकार नै हुन् । सबै अधिकार सम्पन्न छन् । सबै सरकारहरुले नागरिकलाई दिनुपर्ने सेवाहरु उत्तिकै महत्वपूर्ण छन् । केन्द्रका कर्मचारी केन्द्रमै चिप्किरहेका छन् । जिल्लामा बसेका अधिकृतहरु स्थानीय तहमा जादैनन यो कमजोर मानसिकता हो । सबै काम र योजनाहरु स्थानीय तहमा छन् । त्यहा“ विज्ञको खाचो छ । विज्ञहरु स्थानीय तहमा जादैनन भने योजना कसरी बन्छ ? बजेट खर्च कसरी हुन्छ ? विकास कसरी हुन्छ ? जनताले सेवा कसरी पाउछन ? २० वर्ष अघि धनगढी मै पनि अधिकृतहरु आउन चाहादैन थे । अहिले म सहसचिव उपमहानगरपालिकामा छु काम गर्न भ्याइनभ्याइ छ । ७६१ सरकारै हुन । शिक्षाका अधिकृतहरु विभागमा हाजिर लगाएर बसिरहनु विडम्वना हो । धनगढी उपमहानगरमा कृषिमा उपसचिवको दरबन्दी छ अहिले खरिदार मात्रै छन् । कृषिमा हुनसक्ने अर्बको बजेट कसरी खर्च हुन्छ ?
संघीय नेपालका लागि यो वर्ष कानून वर्ष, नीति नियम वर्ष, कार्यविधि वर्ष, मापदण्ड वर्ष हो । संघीय कानून परिवर्तन हुदैछन् । यसैका आधारमा प्रदेश र स्थानीय तहमा पनि नीति बनाउने र थिति बसाल्ने वर्ष हो यो । जनप्रतिनिधिहरुले चुनावमा जनतालाई आश्वासन बा“डनु भएको होला । सबै कुरा एकैचोटी बन्दैनन् । विकास नागरिकको अधिकार हो कर तिर्नु दायित्व हो, अधिकार प्राप्त गर्न दायित्व पनि पूरा गर्नु पर्दछ हामीले यो कुरा पनि सबैलाई राम्ररी बुझाउन सकेका छैनौं ।
कर्मचारीहरु संघीयता चल्दैन कि भनेर पर्खेर बसेका छन् । खटाएको काममा गएका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव छ । एकै आमा बाबुका छुट्टिएका छोराहरु, बुहारीहरु एकै ठाउमा बसेका छन् ? छुट्टि सकेपछि एकै भान्सामा पकाएर खाऊ भन्न सकिन्छ ? भन्न सकिदैन, बस्दैनन पनि । कर्मचारीहरुले स्थानीय तहमा गएर सेवा दिनुको विकल्प छैन ।
प्रस्तुतिः एकिन्द्र तिमिल्सिना