२ माघ २०८१, बुधबार

जनसंख्या मन्त्रालय मातहतका कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्



धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतका कार्यालयमा कार्यरत अधिकांस कर्मचारीहरूले अझैं सम्पत्ती विवरण बुझाएका छैनन् । सम्पत्ती विवरण नबुझाउने कर्मचारीलाई कारबाही गर्दै विवरण बुझाउन निर्देशन दिइएको छ ।
मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार कर्मचारीलाई जरिवाना तिराउँदै विवरण भर्न निर्देशन दिइसकेको जनाएको छ ।
प्रदेश ७ मा कार्यालय सहयोगीदेखि अधिकृत सातौं तहसम्मका गरि एक सय २२ जना स्वास्थ्यका कर्मचारीले सम्पती विवरण नबुझाएको मन्त्रालयको वेवसाईटमा उल्लेख छ ।
मन्त्रालयका अनुसार प्रदेश ७ को कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बाजुरा र बैतडीमा कार्यरत आयुर्वेद औषधालयका अधिकृत कविराज, अनमी, मातृ शिशु स्वास्थ्य कार्यकर्ता, हलुका सवारी चालक, वरिष्ठ मेडिकल अधिकृत, तथ्यांक अधिकृत, कम्प्युटर अपरेटर, फर्मासिष्ट ईन्स्पेक्टर, ल्याब बायोलोजिष्ट, प्रयोगशाला सहायक, सह लेखापाल, कार्यालय सहयोगी, मुखिया, पियन, सिनियर अहेव, ग्रा.स्वा.का., हेल्थ असिस्टेन्ट, सिनियर अनमि लगायतका गरि एक सय २२ कर्मचारीले सम्पती विवरण नबुझाएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा सबैभन्दा बढी ३४ जना अनमीहरुले सम्पती विवरण नबुझाएको देखिएको छ । त्यस्तै, अहेव १३, सिनियर अहेव चार, सिनियर अनमी एक, कार्यालय सहयोगी २५, मुखिया पाँच, पियन एक, हेल्थ असिस्टेन्ट सात, ग्रामिण स्वास्थ्य कार्यालयका तीन, प्रयोगशाला सहायक चार, ल्याब टेक्निसियन बायोलोजिस्ट तीन, फार्मासिष्ट ईन्स्पेक्टर एक, कम्प्यूटर अपरेटर एक, तथ्यांक अधिकृत दुई, वरिष्ठ मेडिकल अधिकृत तीन, हलुका सवारी चालक एक, स्टार्फ नर्स १० र मातृ शिशु स्वास्थ्य कार्यकर्ता दुई जना रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा २ बमोजिम पाँच हजार नगद जरिवाना गरि सम्पति विवरण पेश गर्ने/गराउने व्यवस्था गरिएको छ । मन्त्रालयले अख्तियारको पत्रका आधारमा मातहातका स्वास्थ्यका कर्मचारीहरुमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार