२ माघ २०८१, बुधबार

Breaking: गोली प्रहार गरी लुटिएको ९ लाखसहित दुई पक्राउ



धनगढी । कैलालीको धनगढी चौराहमा निर्मल कार्कीमाथि गोली प्रहार गरी लुटपाट गरी फरार रहेकाे अाशंकामा दुई जनालाई प्रहरीले कैलालीको गेटाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट नाै लाख रुपैयाँ समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हरीबहादुर वलीले बताए ।

पैसा निकालेकाे ठाउँ

पक्राउ परेकाहरुबाट सो रकम बरामद भएपनि हतियार भने बरामद नभएको वलीले बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढीमा ल्याउँदै गरेको वलीले बताए । हाल अनुसन्धान जारी रहेको बताउँदै वलीले पक्राउ परेकाहरुको नाम भने खुलाउन चाहेनन् ।

गाेली हानेकाे स्थान

सिद्धार्थ बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना अपरिचित ब्यक्तिले धनगढी आईएमईमा कार्यरत निर्मल कार्कीमाथि धनगढीको सव्जीमण्डीमा गोली प्रहार गरी रकम लुटेका हुन् ।
गोली प्रहारबाट ग्लोबल आईएमई बैंकमा कार्यरत कार्की घाइते भएका छन् ।

कार्यरत कार्यालय

कार्कीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेको दाँया हातमा गोली लागेर हड्डी टुक्रा–टुक्रा भएको र छातीको बाहिर सामान्य घाउ भएको प्रारम्भिक रिपोर्टले देखाएका छ । सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि रेफर गर्ने तयारी गरिएको छ ।

उता, कञ्चनपुरको महेन्द्रनगर बजारमा एकाबिहानै बम विस्फोट भएको छ । महेन्द्रनगरस्थित देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बिहान बम विस्फोट भएको हो ।

भानुपाटी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा लिज लिएर सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बम विस्फोट हो । 

बम कस्ले, किन विस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन । विष्फोटबाट मानवीय क्षति नभए पनि निर्माणाधिन भवनको पर्खालमा प्वाल परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेटीले जानकारी दिए । 

घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार