७ पुष २०८१, आईतवार

पत्रकार आचारसंहिता पूर्ण पालना गर्न आग्रह



धनगढी । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रलले आचार संहिता पालना नगर्दा पत्रकारहरू असुरक्षित हुने क्रम बढेको बताएका छन् ।
आइतबार धनगढीमा स्थानीय पत्रकारिता आचारसंहिता र आचारसंहितको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले पत्रकारहरूले कुनै राजनीतिक दलहरूको पक्ष नलिएर स्वतन्त्र भएर काम गनुपर्ने बताए ।
प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकार आचार संहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।
पत्रकार आचारसंहिता पालना नगर्दा सञ्चारकर्मीहरू नै असुरक्षित हुने सम्भावना भएको बताउँदै उनले अक्षरस: पालना गर्न आग्रह गरे । ‘पत्रकार माथि समाजको विश्वास धेरै हुन्छ’, उनले भने– ‘आचारसंहिता पालना नगर्दा मिडिया हाउस नै असुरक्षित हुन्छ ।’
प्रेस कान्सिल कुनै राजनीतिक दलको पक्ष विपक्ष नलिएर विश्पक्ष भएकार आफ्नो कार्य रहेको उनले बताए ।
पत्रिकाहरूको सबै प्रक्रियाहरू मिलाएर मात्रै पत्रिका गर्गीकरण गर्ने गरेको भण्डारीले जानकारी गराए ।
कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरूले मोफसलमा मिडिया सञ्चालन गर्दा चुनौति भएको उल्लेख गरे ।
कार्यक्रममा पत्रकार मनमोहन स्वाँर, डिआर पन्त, भरत शाह, वीरेन्द्र भट्ट, दिलबहादुर छत्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कैलाली पत्रकार महासंघका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मीन ठकुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार