१८ बैशाख २०८१, मंगलवार

‘लब्ली तु मोर…’ बजारमा



धनगढी । थारू गीत ‘लब्ली तु मोर जान हो…’ बजारमा आएको छ । कैलाली म्यूजिक र जी स्माईल संयुक्त प्रयासमा तयार पारिएको गीतको सुखडस्थित दर्शन होटलमा विशेष कार्यक्रमको आयोजना गरी युटुबमार्फत के थारूले सार्वजनिक गरेका थिए । गीतमा के थारू, सोनु कुश्मी र गणेश उप्रेतीको आवाज रहेको छ ।
अडियोमार्फत सार्वजनिक गरिएको सो गीतको भिडियो तयार पार्ने कार्य अघि बढेको छ । अडियो गीत सार्वजनिक गरेसँगै भिडियोको लागि मोडलहरूको पनि छनौट गरिएको कैलाली म्यूजिकका सदस्य प्रेम साञ्ज (चौधरी)ले जानकारी दिए । भिडियोको लागि मोडल सुरज चौधरी, सुशीला कार्की रहने छन् ।
भिडियोमा कोरियोग्राफी सुधराम दहित, छायाकन जीतु दहित र घनश्याम चौधरी, सम्पादनमा जीतु दहितको रहने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार