एमालेको प्रमुख सचेतकमा तामाङ्ग
धनगढी । नेकपा एमालेको प्रदेश नम्बर ७ को संसदीय दलको प्रमुख सचेतकमा तारा लामा तामाङ्ग छ्नौट भएका छन् । अघिल्लो महिना भएको संसदीय दलको बैठकले प्रमुख सचेतक छान्ने जिम्मा प्रदेश संसदीय दलका नेता तथा बैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाहलाई दिएको थियो । सोही जिम्मेवारी अनुसार शाहले लामालाई प्रमुख सचेतको जिम्मेवारी दिएको बताइएको छ ।
कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद तामाङ्ग नेकपा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष पनि हुन् । सचेतक भने अझै छ्नौट भएको छैन ।