आर्थिक मामिलामन्त्रीद्वारा बजेटबारे छलफल
धनगढी । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सोमबार नेकपा एमाले र राष्ट्रिय जनता पार्टीका प्रदेश सांसदहरूसंग भेटघाट गरि आंशिक बजेट बारे छलफल गरेका छन् ।
प्रदेश सरकारले ल्याउने आंशिक बजेटलाई जनमैत्री र उपलब्धमुलक बनाउने उद्देश्यले मन्त्री बोहराले प्रदेशका सबै सांसदहरूसंग बजेटबारे छलफल गरेको जनाएका छन् ।
शनिबार माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरूसंग छलफल गरेका मन्त्री बोहराले आईतवार उद्योगी व्यवसायी र शिक्षाविद्हरुसंग छलफल गरेका थिए ।
मन्त्री बोहराले भने– यो छलफल गर्नुको उद्देश्य बजेटमा सबैको स्वामित्व र सहभागिता होस् भन्ने नै हो ।
उनले भुगोल र जनसंख्यालाई ध्यानमा राखेर तत्काल जनतालाई राहत महसुस हुने ढंगले प्रदेश सरकारले आंशिक बजेट ल्याउन लागेको बताए ।
चैत्र महिना भित्र ल्याईने बजेटको आकार एक अर्ब दुई करोड पा“च लाख रुपैयाको रहने छ ।