९ माघ २०८१, बुधबार

नवजीवन सहकारीको अध्यक्षमा सिंह



धनगढी । नेपालकै अग्रणी सहकारी नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षमा चक्र बहादुर सिंह बिजयी भएका छन् । ३ हजार ५ सय ३७ मतकासाथ सिंह अध्यक्षमा बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धि रतन बहादुर कठायतले २ हजार ७ सय ७५ मत पाए भने ईश्वर प्रशाद जोशीले ५ सय १९  मत पाए ।
यस्तै सञ्चालक समितिको उपाध्यक्षमा पनि सिह प्यानलकै डाक्टर गोविन्दराज जोशी ४ हजार ५० मतका साथ बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धि देव वहादुर मल्लले २ हजार ३ सय ८५ मत पाए ।
सञ्चालक समितीको सदस्य पदमा कठायत प्यानलबाट ३ जना विजयी भएका छन भने अन्य सबै सिंंह प्यानलकै विजयी भएका छन् । सदस्यमा कठायतका प्यानलका केशव मिश्र, जनकराज जोशी, जयराज जोशी बिजयी भएका छन् ।
सदस्यमा सिंह प्यानलबाट खेमराज पाण्डेय, ईन्दिरा जैशी, चेतराज ओझा, देव वहादुर बम, टिएन जोशी, घन वहादुर शाह, कृष्ण वहादुर चौधरी र गोपालराज पाठक बिजयी भएका छन् ।
लेखा समितिका संयोजकमा चेतराज जोशी ३ हजार १ सय ३६ मतका साथ बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धि जयराज जोशीले २ हजार ९ सय २८ मत पाए ।

लेखा समिति सदस्यमा गोपीलाल चौधरी २ हजार ८ सय ६५ र लक्ष्मीराज पन्त २ हजार ७ सय ७१ म्तका साथ बिजयी भएका छन् ।
जिल्ला प्रतिनिधिमा कठायत प्यानलकी गौरी लामा ३ हजार ४ सय मतका साथ बिजयी भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार