३ माघ २०८१, बिहीबार

सिंहको प्यानलको अग्रता कायमै, २८३ मतले सिंह अगाडि



धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको मतगणाना जारी रहेकाे छ ।

पछिल्लो मत परिणाम अनुसार चक्र बहादुर सिंहको प्यानलले अग्रता कायमै राखेको छ । तीन हजार पाँच सय मत गणना हुदा चक्र बहादुर सिंहले १४४५  मत प्राप्त गरेका छन् भने रतन बहादुर कठायतले ११६२ र ईश्वर जोशीले  २३० मत प्राप्त गरेका छन् । सिंह २८३ मतले कठायतभन्दा अगाडि छन् ।

उपाध्यक्षमा डा.गोविन्दराज जोशीले १७०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धि, देव बहादुर मल्लले ११६५ प्राप्त गरेका छन् ।

त्यस्तै सञ्चालक समितिको सदस्यमा १५४६ सहित खेमराज पाण्डेयले अग्रता कायम गरेका छन् । ईन्दिरा जैसीको १५१६ मत छ । चेतराज ओझाले १२४४ मत पाएका छन् । त्यस्तै जनकराज जोशी १२१०, केशव मिश्र ११६८, कृष्ण बहादुर चौधरी १२०३,देव बहादुर बम ११८८, घन बहादुर शाह १२०७, गोपाल पाठक ११६४, त्रैलोक्यनाथ जोशी टिएन ११६० जनकराज पाण्डेय ८९२, जयराज जोशी १००२, देवराज पाण्डेय ८६४,नारायण लम्साल ८१६, पदमराज भट्ट ९१९, यादव प्रसाद जोशी ८९०,राज समझ चौधरी ९०४, शिवकुमार जोशी फुलारा ९४५, हरीप्रसाद रेग्मी ९४१,मित्रलाल पोखरेल ८१०, महेश विष्ट ८२५, विश्वनाथ ओझा ७५८ मत रहेको छ ।

जिल्ला प्रतिनिधिमा गौरी लामाले १४२३ र चेतमान साँउद १०८३ ले मत प्राप्त गरेका छन् ।
लेखा समिति संयोजकमा चेतराज जोशीले १३२७ र जयराज जोशीले ११६३ मत प्राप्त गरेका छन् ।
लेखा समित सदस्य ईश्वर बहादुर सिंह १०८७, गिरीराज कडायत १०३९, गोपीलाल चौधरी १२७३ र लक्ष्मीराज पन्तको १११६ मत रहेको छ ।

८८२९ मत खसेकोमा अहिलेसम्म ३५०० मत गणना भएको छ । जसमा २९८ मत बदर भएको छ । यतिबेला ६ वटा स्थानमा मत गणना भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार