२६ पुष २०८१, शुक्रबार

२५ वर्ष लागिन् आलिया भट्ट



बलिउडमा पछिल्लो पुस्ताकी सफल हिरोइन हुन् आलिया भट्ट । उनी आजदेखि २५ वर्ष लागेकी छिन् । उनका दुई फिल्म ‘राजी’ र ‘डे्रगन’ प्रदर्शनको क्रममा छन् ।
धेरैलाई जानकारी नहुन सक्छ, फिल्ममा आउनुअघि आलिया निकै मोटी थिइन् । उनको वजन ६७ किलो थियो । उनले डेब्यु फिल्म ‘स्टुडेन्ट अफ इयर’ का लागि १६ किजो वजन घटाएकी थिइन् ।
प्रसिद्ध निर्देशक महेश भट्टकी छोरी आलियाले ६ वर्षकै उमेरमा (१९९९) हिन्दी चलचित्र ‘संघर्ष’ मा प्रिती जिन्टाको बालापनको भूमिका निर्वाह गरेकी थिइन् ।
१९९९ देखी २०१२ सम्म स्टुडेण्ड अफ द इयर, हाइवे, २ स्टेट्स, कपुर एण्ड सन्स, उडता पञ्जाव, डियर जिन्दगी, ए दिल है मुस्किल र बद्रीनाथ कि दुल्हनियामा काम गरेकी छिन् ।
‘स्टुडेन्ट अफ द इयर’ मा उनी ४०० युवतीमध्ये अडिसनबाट छानिएकी थिइन् । उनकी आमा आधा काश्मिरी र आधा जर्मन हुन् भने उनका बुबा महेश भट्ट गुजराती हुन् । आलिया आमासँग नजिक छिन् । बलिउडमा प्रवेश गरेपछि भने बुबासँग नजिक हुन थालिन् ।
आलियाले जमनाबाई नर्सरी स्कुल (मुम्बई)मा पढेकी थिईन् । उनी पढाईमा औसत विद्यार्थी हुन् भने अतिरिक्त क्रियाकलापमा जहिल्यै अगाडी थिइन् । गायन र नृत्यमा पोख्त छिन् उनी ।
उनी फेशन डिजाइनर मसाबा गुप्तासँग नजिक छिन् । उनलाई पार्टी गर्न र साथीसँग घुम्न जान निकै मन पर्छ । आफ्नो ब्युटी सिक्रेटको रहस्य राम्रो निन्द्रालाई मान्छिन् । बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने वानी छ उनको ।
उनलाई फ्राइ गरेको आलु निकै मन पर्छ । ग्रिन टि र बदाम पनि उनको मनपर्ने परिकार हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार