२ माघ २०८१, बुधबार

कर्मचारी र पत्रकार अभिमुखीकरण



धनगढी । प्रदेश सभा सचिवालयका कर्मचारी र पत्रकारहरूका लागि प्रदेश सभा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम अाज धनगढीमा भएको छ ।
संसद सहयोग परियोजना/युएनडीपीको सहकार्यमा संघीय संसद सचिवालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको प्रदेश नम्बर ७ का सभामुख अर्जनुबहादुर थापाले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै सभामुख थापाले दम्भ, भ्रम, हिनताबोधलाई हटाएर प्रदेशको विकासका लागि अगाडि बढ्नु पर्ने बताए । हामी नयाँ अभ्यसमा छौं, थापाले भने, ७ नम्बर प्रदेशको संसदीय अभ्यासलाई नयाँ सिराबाट अघि बढाउनुपर्छ ।
कार्यक्रमको संघीय संसद सचिवालयका उपसचिवद्वय एकराज गिरी, रामकुमार पौडेल र संसद सहयोग परियोजना/युएनडीपीका आउटरिच टिम लिडर दिलादत्त पन्तले सहजीकरण गरेका थिए ।
सो अवसरमा सात नम्बर प्रदेश संसदीय मामला पत्रकार समाजका अध्यक्ष प्रकाशविक्रम शाहले सही समयमा सही अभिमुखीकरण भएको चर्चा गर्दे आगामी दिनमा संसदीय समाचार संकलन गर्ने धेरै पत्रकारलाई समेटेर अभिमुखीकरण कार्यक्रम गर्नुपर्ने बताए ।
सात नम्बर प्रदेशको संसद सचिवालयका सचिव बालाराम शर्माले अभिमुखीकरणले धेरै सिक्ने अवसर प्राप्त भएको जनाउदै पत्रकारहरुसँग सहकार्य गरेर नै अघि बढ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार