१९ भदौ २०८३, शुक्रबार

उपभोक्ता जागरण अभियान–नेपालको अध्यक्षमा पुनः मार्सेली’




काठमाडौं/
उपभोक्ता जागरण अभियान–नेपालको अध्यक्षमा पुनः मार्सेली’ उपभोक्ता जागरण अभियान–नेपालको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ पुनः केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

अभियानले शुक्रबार पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न गरेर आगामी दुई वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

संस्थाको विधानअनुसार गठन गरिएको नयाँ कार्यसमितिमा उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्यहरू समेत चयन भएका छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सुशीलाकुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे र रोहितकुमार दाहाल, महासचिवमा चिन्तामणि पराजुली, सचिवमा शान्ता घिमिरे र बद्रीविशाल घिमिरे, कोषाध्यक्षमा केशवप्रसाद चौलागाईं तथा सहसचिवमा शेखर अधिकारी चयन भएका छन्।

त्यस्तै, केन्द्रीय सदस्यमा सहदेवप्रसाद बाँस्तोला, मुरारी बस्ती, प्रेमप्रसाद घिमिरे, मोहनकाजी न्यौपाने, यज्ञ शर्मा र नीलकण्ठ तिवारी चयन भएका छन्।

अधिवेशनले नवगठित कार्यसमितिको सहमतिमा अन्य सदस्यहरूलाई समेत केन्द्रीय कार्यसमितिमा मनोनयन गर्ने निर्णय गरेको जनाएको छ। यस क्रममा लक्ष्मण थापा र मणिकुमार अर्याललाई सदस्यमा मनोनयन गरिएको छ।

अभियानले उपभोक्ताको हकहित संरक्षण, वस्तु तथा सेवा बजारमा सुशासन कायम गर्न र उपभोक्ता सचेतना विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले यसअघि पनि सरकारी निकायलाई बजार अनुगमन प्रभावकारी बनाउन तथा उपभोक्ता संरक्षणका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ।

साधारणसभा तथा अधिवेशनले आगामी दिनमा जागरुक उपभोक्ता र जिम्मेवार विक्रेताको अवधारणालाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार