१० भदौ २०८३, बुधबार

रसुवामा सम्पर्कविहिन पर्यटकको संख्या ४०३ पुग्यो



काठमाडौ/ रसुवामा आएको बाढीपछि सम्पर्कविहीन हुने पर्यटकको संख्या ४ सय ३ पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३ सय ४१ विदेशी र ६२ नेपाली पर्यटक छन्।

सम्पर्कविहीन हुनेमा २ सय ३ पुरुष र २ सय महिला रहेको बोर्डले जनाएको छ।

देशगत रूपमा हेर्दा सबैभन्दा धेरै भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। बोर्डका अनुसार भारतका १ सय ३३ जना सम्पर्कविहीन छन्। त्यस्तै अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना छन्।

यसैगरी युक्रेनका ७, दक्षिण अफ्रिकाका ६, सिंगापुरका ६, न्युजिल्यान्डका ५ र जापानका ५ जना पर्यटक सम्पर्कविहीन छन्। जर्मनीका ४, फ्रान्सका ३ तथा स्पेनका २ जना पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको विवरण थपघट हुन सक्ने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार