४ भदौ २०८३, बिहिबार

गुडवीभ फाउण्डेशनको अध्यक्षमा थापा



काठमाडौं / नेपाल गुडवीभ फाउण्डेशनको ३१औँ वार्षिक साधारण सभाले संस्थामा रिक्त रहेका पदहरूमा नयाँ पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्वाचित गरेको छ।

साधारण सभाबाट किरण थापा अध्यक्षमा र डा. रूपा मुनाकर्मी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी सन्तोष महर्जन महासचिवमा निर्वाचित हुनुभएको छ।

सभाले कार्यसमिति सदस्यमा स्वस्तिका सुवेदी र आशितोष कार्कीलाई निर्वाचित गरेको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्य, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदै बालश्रम न्यूनीकरण तथा बालअधिकार संरक्षणका क्षेत्रमा संस्थाको भूमिका थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गुडवीभ फाउण्डेशनले बालश्रम अन्त्य तथा बालबालिकाको अधिकार संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार