२९ बैशाख २०८३, मंगलबार

एसईई नतिजापछि कैलालीमा दुःखद घटना




धनगढी/
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाप्रति असन्तुष्टि जनाउँदै कैलालीमा दुई किशोरीले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिकाका दुई नाबालिग छात्रा मङ्गलबार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । एसईईको नतिजा सार्वजनिक भएपछि उनीहरू मानसिक रूपमा तनावमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार फरक–फरक विद्यालयमा अध्ययनरत तथा फरक वडाका १५ र १६ वर्षीया छात्राले कमजोर नतिजापछि यस्तो कदम चालेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । मृतक दुवै जना नाबालिग भएकाले उनीहरूको पहिचान र अध्ययनरत विद्यालयको विवरण सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार