२६ बैशाख २०८३, शनिबार

“रूख छाडेर अन्त भोट हाल्ने छुट छैन” सभापति थापा



धनगढी / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका आधिकारिक सदस्य र नेताले कांग्रेसको चुनाव चिन्ह रूख’ बाहेक अन्य चिन्हमा मतदान गर्न नपाउने स्पष्ट धारणा व्यक्त गरेका छन्।

कैलालीको धनगढीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’लाई सम्बोधन गर्दै उनले पार्टीभित्र असन्तुष्टि हुन सक्ने भए पनि त्यसलाई चुनावी व्यवहारमार्फत व्यक्त गर्न नहुने बताए।

सभापति थापाले कांग्रेसको क्रियाशील सदस्यता लिने, पार्टीबाट अवसर र जिम्मेवारी पाउने तर निर्वाचनमा अर्को दल वा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए।

“उम्मेदवार मन परेन भन्दैमा रूखबाहेकको चिन्हमा मतदान गर्न पाइँदैन,” उनले भने, “पार्टीको सदस्य भएर अर्को चिन्हमा भोट हाल्नु कुनै पनि हिसाबले उचित होइन ।”

उनले पार्टी अनुशासन र संगठनप्रतिको निष्ठा कांग्रेसको मुख्य शक्ति भएको उल्लेख गर्दै व्यक्तिगत असन्तुष्टिभन्दा संस्थागत एकतालाई प्राथमिकता दिन कार्यकर्तालाई आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार