स्वर्णिम शिक्षा सदनका सबै विद्यार्थी आधारभूत तहको परीक्षामा उत्तीर्ण
धनगढी/ कैलालीको धनगढी उपमहानगरपालिका – ३ मा रहेको स्वर्णिम शिक्षा सदनले आधारभुत तह कक्षा ८ को वार्षिक परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको छ ।
उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार स्वर्णिम शिक्षा सदनबाट यसपटक वार्षिक परीक्षामा सहभागी भएका सबै २९ जना विद्यार्थी उत्तिर्ण भएको शिक्षक उमेश जोशीले बताए ।
सो विद्यालयका अम्विका शाहीले विद्यालयमा सबैभन्दा बढी ३.९५ जीपीए प्राप्त गरिन भने कम पाउनेको ३ : १३ जीपीए रहेको छ ।




