२८ पुष २०८२, सोमबार

अस्ट्रेलियाको क्यानभरामा पृथ्वी जयन्तीमा क्रिकेट प्रतियोगिता




काठमाडौ/ राष्ट्रिय एकता दिवस तथा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा अस्ट्रेलियाको क्यानभरामा साताव्यापी क्रिकेट प्रतियोगिता भएको छ ।

जनवरी ४ देखि ११ तारिखसम्म भएको प्रतियोगिताका विजयी टीमलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले मेडल तथा प्रमाणपत्र वितरण गरिन ।

प्रतियोगितामा क्यानभरा क्रिकेट क्लवले लगातार तेस्रो पटक शिल्ड जितेको छ । भने बुद्ध नेप्लिज क्लव दोस्रो भएको छ । प्रतियोगितामा क्यानभराकै आठवटा टीमको सहभागिता रहेको थियो ।

सनातन समाज अस्ट्रेलियाले तीन वर्षदेखि क्रिक्रेट प्रतियोगिता गरिरहेको छ । त्यसअघि लगातार दुई वर्ष पृथ्वी जयन्तीमा गोष्ठी आयोजना गर्ने गरिएको थियो ।

नयाँ पुस्तालाई राष्टनिर्माता पृथ्वीनारायण शाह बारे जानकारी दिन क्रिकेट प्रतियोगिता आयोजना गर्ने गरेको सनातन समाजका अध्यक्ष सन्तोष मल्लले बताए ।

पाँच वर्ष पहिला क्यानभरामा गान्धी शालिक देखे, त्यो देखेपछि हामीले पनि नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाह बारे गोष्ठी, खेलकुद गर्नुपर्छ भन्ने प्रेरणा प्राप्त भएको हो सनातन समाजका अध्यक्ष मल्ले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार