१८ मंसिर २०८२, बिहीबार

निसर्ग इन्डो नेपाल जुगेडा कपः दोस्रो दिन ४ खेल सम्पन्न



कैलालीको धनगढी उप–महानगरपालिका–१०, जुगेडामा संयुक्त राना जनचेतना परिवारको आयोजनामा जारी निसर्ग इन्डो नेपाल जुगेडा कप–२०८२ भलिबल प्रतियोगिता अन्तर्गत आइतबार दोस्रो दिन ४ खेल भएका छन् ।

पहिलो खेलमा मनेहरा स्पोट्र्स क्लब र डिस्कभरी स्कुलबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । बेष्ट अफ फाइभमा खेलेको सो खेलमा पहिलो सेट मनेहराले जित्दा दोस्रो सेट डिस्कभरीले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट पुनः मनेहराले जिते पनि चौथो र निर्णायक पाँचौ सेटमा डिस्कभरी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै कुल ३–२ को नतिजासहित मनेहरा स्पोट्र्स क्लबलाई पराजित गरेको थियो ।

दोस्रो खेलमा माइस्ट्री युवा क्लब र उर्मा, तेस्रो खेलमा राम जानकी प्रोपर्टी र लक्ष्मी प्रिन्ट तथा चौथो खेलमा टाउन बजार र कमल रेष्टुरेन्टबीच प्रतिस्पर्धा हुने तालिका भए पनि विपक्षी टिम नआएपछि क्रमशः माइस्ट्री युवा क्लब, लक्ष्मी प्रिन्ट र कमल रेष्टुरेन्ट वाकओभरको आधारमा बिजेता बनेका छन् ।

प्रतियोगिताका खेल संयोजक भगिरथ रानाका अनुसार आज (सोमबार) असोज ६ गते क्वाटर फाइनलका सबै खेलहरू सञ्चालन हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार