१८ मंसिर २०८२, बिहीबार

नेपाल स्केटिङ्ग टोली मेडल सहित काठमाडौ फर्कियो




काठमाडौ/
सेप्टेम्बर ४ देखि ६ तारिखसम्म माल्दिभ्सको मालेमा भएको अन्तराष्ट्रिय रोलर स्पीड स्केटिङ्ग प्रतियोगितामा सहभागी छ जना जुनियर खेलाडी सहितको ९ सदस्यीय नेपाली टोली शनिबार काठमाडौ पुगेको छ ।


एक मेडल सहित सो टोली काठमाडौ आइपुगेको हो । सो प्रतिस्पर्धामा भाग लिएका खेलाडीहरुले ट्रयाक तर्फ १०० मि., ५०० मि., १००० मि., को प्रतिस्पर्धा र रोडतर्फ ५ कि.मी. र १० कि.मी.मा प्रतिस्पर्धा गरेका थिए ।


सो प्रतियोगितामा सहभागी खेलाडीहरु रोज वडु, जुन वडु, समिरन भुषाल, प्रिसा खाँड, जेहाना अर्याल र ओस्वी भट्टराईले प्रतिस्पर्धा गरेका थिए ।


सो टोलीको अफिसियलमा निलम बानिया वडु र सानी महर्जन रहकी थिइन ।


प्रतिस्पर्धामा सम्मिलित खेलाडीहरुले राम्रो प्रतिस्पर्धा गर्न सफल भएका थिए । छ खेलाडीहरुमध्ये ७–८ वर्ष उमेर समुहमा, ट्रयाक तर्फको १०० मि., ५०० मि., र १००० मिटरको प्रतिस्पर्धामा प्रिंसा खाँडले तेस्रो स्थान हाँसिल गर्दै देशको लागि ब्राउन्ज मेडल पक्का गरेकी थिइन् ।


लामो दुरीको दौड र रोड तर्फ भने कुनै पनि नतिजा हाँसिल गर्न सकेन । नेपाल स्केटिङ्ग तथा स्केटबोर्डीङ्ग एसोसियसनका प्रमुख प्रशिक्षक दिलिपराज बरालले जानकारी गराए ।


काठमाण्डौ आइपुगेको स्केटिङ्ग टोलीलाई शनिबार काठमाण्डौ अन्तरराष्ट्रिय विमानस्थलमा खादा, फुल तथा माला लगाई स्वागत गरिएको थियो ।

स्केटिङ्ग टोलीलाई संघका अध्यक्ष अच्युत खनाल, प्रशिक्षक दिलिपराज बराल, बागमती संघका अध्यक्ष विकास लामा, खेलाडी अनिश शाह, कानुनी सल्लाहकार बैद्धिक मरासिनी लगायत स्केटिङ्ग खेलप्रेमी तथा अभिभावकहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार