दुस्मन हेरेको हेर्यैका दुर्गेश अस्ट्रेलियामा चम्कने

काठमाडौ । दुस्मन हेरेको हेर्यैका गायक दुर्गेश थापाको विस्व साङ्गितिक यात्रा अस्ट्रेलियाका विभिन्न आठवटा सहरमा सो गीत को प्रस्तुती गरेर सुरु हुने भएको छ ।
करिब एक महिना अस्ट्रेलिया बसेर दुर्गेशले नौवटा सहरमा दुस्मन हेरेको हेर्यैका गीतमा प्रस्तुती दिने एक प्रेस रिलिजमा उल्लेख छ ।

द डिजिटल एजेन्सी टुर व्यस्थापन, मार्केटिङ परामर्श आउटरीच अस्ट्रेलियाले व्यवस्थापन गर्ने कार्यक्रमको सो साङ्गितिक यात्राको सम्झौता बाग्लुङ गएर हेलिकोप्टरमा गरिएको थियो । सो सस्थाका नेपाल प्रतिनिधि सत्य थापाले दुर्गेशसङ्ग सम्झौता गराएका थिए ।

दुर्गेशलाई अस्ट्रेलियाको कार्यक्रममा लैजानका लागि करिब तीन करोड खर्च गर्ने सम्झौता भएको चर्चा छ ।
आयोजक सस्थाका अरुण तिवारीका अनुसार जुलाई १४ देखि अगस्ट ८ तारीखसम्म दुर्गेशले अस्ट्रेलियामा प्रस्तुती दिने छ्न । त्यसअनुसार असार ३० गते अर्थात १४ जुलाईमा वृसवेनको द तिभोली, १७ जुलाइमा होबार्ट , ओडेन थ्रेटर , २० जुलाई पर्थ, मेट्रोसिटी, २३ जुलाई मा न्युकासल, द एक्सेन्ज होटल , २५ जुलाईमा क्यानबेरा र २७ जुलाई सिड्नी मेट्रो थ्रेटरमा दुस्मन हेरेको हेर्यै गीतको प्रस्तुती हुने तिवारीले बताए ।

यस्तै १ अगस्टमा डार्बिन डिस्कभरी डारविन, ४ अगस्ट मेलवर्न र ८ अगस्ट एडिलेड उडभिल टाउनहलमा दुस्मन हेरेको हेर्यै गीतको प्रस्तुती हुने तिवारीले बताए ।
उनले भिस्टोरिया र नर्दन टेरिटोरीमा थप मिति र स्थान घोषणा गरिने उनले बताए ।
पाच महिनाको अवधीमा युट्युबमा १० करोड भ्युज पाएको सो गीतका लागि प्रधानमन्त्री केपी ओलीले समेत सामाजिक सन्जालमा बधाई दिएका छ्न ।


