एक चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतामा अडिग छौ– उपाध्यक्ष घिमिरे

काठमाडौ/राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले काठमाडौमा शनिबार आयोजना गरिएको “अ विन्डो टु चाईना सिजाङ” कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी छन् ।
नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै उनले चीन नीति प्रतिको प्रतिबद्धता दोहोर्याएकी हुन ।
उपाध्यक्ष घिमिरेले भनिन् एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव नपार्ने बताउँदै हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहोर्याउन चाहन्छौ ।
नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ , उनले भनिन ‘हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहो¥याउन चाहन्छौँ उनले भनिन ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै उनले नेपाल–चीन सम्बन्धका बारेमा जानकारी आदानप्रदानका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन र पारस्परिक हीतका लागि सहयोग गर्ने विषयमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास उपाध्यक्ष घिमिरेले गरिन।
तिब्बत आफैमा चित्रकला त्यसमा पनि बौद्ध धर्म सम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी रहेको चर्चा गर्दै उनले यो कार्यक्रमले हिमाली सौन्दर्य , परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबैलाई जानकारी गराउन तथा तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन।
नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा सोंछेन गम्पोबीचको विवाहले नेपाली कला र संस्कृतिलाई तिब्बतमा प्रवाह गरेको बताउँदै तिब्बत केवल चीनको आँखी झ्याल होइन यो सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत हो भनिन् ।
चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव महामहिम वाङ जुनझेङलडे दुई वर्ष अघि गरेको नेपाल भ्रमणपछि तिब्बतसंग जोडिएका नाकाहरु सञ्चालन भएको, तिब्बतमा घाँस निर्यात भएको तथा पोखराबाट ल्हासासम्म हिमालय एयरलायन्सले सिधा उडान शुरु गरेको चर्चा गरिन।
उपाध्यक्ष घिमिरेले भनिन उडानलाई निरन्तरता दिदै चीनका बाँकी शहरमा पनि पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सिधा उडान नियमित गर्न सकेमा चीनले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२५ लाई सार्थक बनाउन सकिने बिस्वास लिएको छु ।
सो कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत छन सोङ लगायतको उपस्थिति रहेको थियो ।




