२ श्रावण २०८२, बिहीबार

कैलालीको जानकीमा ललितकला हब बनाइदै



काठमाडौ/ कैलालीको जानकी गाउँपालिले सो पालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण सम्र्बनका लागि ललितकलाको हव बनाउने भएको छ ।

सो पालिकाका अध्यक्ष गणेश चौधरीले कला संस्कृतिको हब बनाउनका लागि तयारी भइरहेको बताए ।

उनले भने, थारु संस्कृति लोप हुने अवस्थामा पुगेकोले प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसंग मिलेर कला संस्कृतिको हब बनाउन खोजेको बताए ।

कला संस्कृतिको हबको सोचलाई सहयोग पुगाउन पालिकाले विभिन्न ललित कला मेलामा आफ्नो पालिकाको प्रतिनिधित्व गराइरहेको छ ।

यसक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेदेखि ६ गतेसम्मका लागि काठमाडौमा सञ्चालन गरिरहेको ललित कला मेलामा सो पालिकाले मूर्तिकार तथा चित्रकार मिठ्ठु थारुलाई पठाएको छ । सो मेलामा मिठ्ठुले थारु संस्कृतिका मूर्ति र चित्रकला प्रदर्शन गरिरहेका छन् ।

जानकी गाउँपालिकाले मिठ्ठु जस्ता २५ जनालाई मुर्तिकार र चित्रकार ललितकला हवका लागि तयार बनाएको छ ।
जानकी गाउँपालिका–३ भगतपुरका मिठ्ठु थारु, थारुकै आफ्नै कला, संस्कृति छ भन्दै हिड्न थालेको छ वर्ष भएको छ यस्ता अभियन्तालाई पे्ररित गर्नुपर्छ भनेर मेलामा पठाएको अध्यक्ष चौधरीले बताए ।

हामीले जानकीलाई ललितकलाको हव बनाउनकै लागि मिठ्ठु जस्ता नयाँ र पुराना पुस्तालाई ललितकला जोडिरहेका छौ अध्यक्ष चौधरीले भने ।

मिठ्ठु भन्छन् , हाम्रो थारु समुदायको आफ्नो कला, संस्कृति, परम्परा, छ तर धेरै नेपालीलाई त्यसको जानकारी छैन यसैकारण आफ्ना पूर्खाको कला, संस्कृति, पहिचान बारे विभिन्न गतिविधि गरिरहेको छु ।

ललितकला क्याम्पसबाट स्नातक उर्तिण गरेका मिठ्ठु , थारु समुदायको संस्कृति देखाउने मूर्ति र चित्र बनाउन सिपाल छन् ।
३६ वर्षीय मिठ्ठु थारु, आफ्नो संस्कृतिलाई पहिचान दिलाएर त्यसैबाट आफ्नो जिविका पनि चलाइरहेका छन् ।

ललित कला मेलामा मिठ्ठुका मूर्ति र चित्रकला, मूर्ति र चित्रकलाका पारखीले रुचिका साथ हेरिरहेका छन् । थारुका संस्कृति झल्काउने मूर्ति र चित्र निक्कै राम्रो लागेको हेराल्ड कलेजमा अध्ययनरत इशा थापाले बताइन ।

तर मिठ्ठुको भने आफ्नै गुनासो छ उनी भन्छन् मूर्ति र चित्रकलाका पारखीले रुचिका साथ आफ्ना चित्रकला हेरे पनि धेरैले यी चित्रकला मिथिला संस्कृति हो भनेर सोध्ने गरेका छन् यसकारण अझै पनि आफ्नै कला, संस्कृति छ भनेर चिनाउनका लागि लागिरहन जरुरी छ ।

ललित कला मेलामा थारु परम्परा तथा लोक संस्कृति र आधुनिक गरेर २६ वटा मुर्ति र चित्र राखिएको छ ।

मिठ्ठुका अनुसार उनले धेरै समय दाङको थारु संस्कृति संग्रहालयका लागि काम गर्छन । अर्कोतिर उनले जानकीको घरमै बसेर पनि कला, संस्कृतिका पारखीले भने अनुसारका मूर्ति र चित्र समेत बनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार