३० चैत्र २०८१, आईतवार

फारवेष्टको प्रधानाध्यापकमा जोशी नियुक्त



धनगढी उपमहानगरपालिका–५, लब्लीचोकमा रहेको फारवेष्ट माध्यमिक विद्यालयको प्रधानाध्यापकमा प्रेमराज जोशी नियुक्त भएका छन् । उनलाई बिहीबार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्त भएका हुन् ।

अंग्रेजीमा एमए एमफिल गरेको जोशी लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहेका छन् । २०५६ सालदेखि कैलाली विद्या निकेतनबाट अध्यापन सुरु गरेका जोशी कैलाली बहुमुखी क्याम्पस, ग्यालेक्सी मल्टिपल कलेज, कोविदा इन्टरनेश्नल एकेडेमीमा प्राध्यापकको रुपमा कार्यरत रहेका छन् ।

जोशीले यसअघि सुदूरपश्चिमाञ्चल क्याम्पस, नेपाल वेष्टर्न एकेडेमी, नाष्ट कलेजमा समेत अध्यापन गरेका थिए । लामो समयदेखि अध्यापन पेशामा रहेका जोशी फारवेष्ट माध्यमिक विद्यालयको प्रधानाध्यापकको रुपमा नियुक्त भएपछि शैक्षिक गुणस्तर कायम गर्न थप बल पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार