हेमराज थापाको नयाँ गीत ‘मुटुमै लेखे…’ सार्वजनिक

लोकसंगीत क्षेत्रका चर्चित गायक तथा सर्जक हेमराज थापा (बाबुराजा) को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक भएको छ । शान्ति श्री परियार र हेमराज थापा (बाबुराजा) को सुमधुर आवाजमा रहेको यो गीतमा प्रेम, भावना र वियोगको कथा समेटिएको छ ।
गीतमा शब्द देव बोहरा र हेमराज थापा (बाबुराजा) को रहेको छ भने संगीत पनि बाबुराजाले नै भरेका छन् । गीतको एरेन्ज पुष्कर खत्रीले गरेका हुन् । कुमार रानाले मिक्सिङ/मास्टरीङ गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन राना को साथमा मरुनी डिजिटल स्टुडियो मा गरिएको हो ।
भिडियो पक्षमा पनि गीत निकै आकर्षक देखिएको छ । भिडियोमा कैलाश कठायत र सालिना खत्री को अभिनय देख्न सकिन्छ । शेर साउँदको निर्देशनमा बनेको भिडियोलाई राज आले नृत्य निर्देशन गरेका हुन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् ।
गीतलाई युट्युबमा टेकेन्द्र रोकायाको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतले छोटो समयमा नै दर्शक तथा श्रोताहरूको मन जित्न थालेको छ ।
भिडियोको लागि यहाँ क्लीक गर्नुहोस् ।
