अपांगता भएका महिलाहरूको ‘फेसन सो’ हुने

धनगढीमा अपांगता भएका महिलाहरूको फेसन सो हुने भएको छ । चैत ८ गते साँझ शुभम् होटेलको सभा हलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता उद्घाटन गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
साइनिङ होम पोखराको आयोजना तथा राष्ट्रिय अपांग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा हुन लागेको साइनिङ होम पोखराकी अध्यक्ष आषिका चन्दले जानकारी दिइन् ।
“सँगै हिडौं, सँगै काम गरौँ, सँगै अघि बढौं” भन्ने मुल मर्मका साथ सुदूरपश्चिममा फरक क्षमता भएका महिलाहरूको लागि गरिएको हो । अपांगता भएका महिलाहरूको प्रतिभाको खोजी गर्नका लागि समेत यो फेसन सो गरिन लागेको राष्ट्रिय अपांग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउँदले जानकारी दिए ।

धनगढीमा गरिन लागेको फेसन सो अपांगता भएका महिलाहरूलाई समाजले हेर्ने नजर परिणत गर्न र घर भित्र रहेका महिलाहरूको लागि प्रभावकारी बन्ने बताए । यो कार्यक्रम सुदूरपश्चिम प्रदेशमै पहिलो पटक गरिन लागेको समेत आयोजकले जानकारी दिए ।