११ बैशाख २०८२, बिहीबार

यातायात व्यवसायी संघको नयाँ कार्यसमिति चयन



नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कैलाली जिल्लाको प्रथम अधिवेशन धनगढीमा भएको छ । प्रथम जिल्ला अधिवेशनले चेतराज जोशीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा टेकबहादुर देउवा, सचिवमा भोजराज भट्ट, सहसचिवमा टेकराज भण्डारी, कोषाध्यक्षमा विक्रम स्वार चयन भएका छन् । त्यस्तै, सदस्यमा मीनबहादुर कुँवर, ध्रुव कार्की, धनबहादुर बिष्ट, तेजबहादुर खड्का, प्रसाद सिंह खड्का र पुष्पा भण्डारी चयन भएका छन् ।

प्रथम जिल्ला अधिवेशनमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष उपेन्द्र बिष्ट प्रमुख अतिथि रहेका थिए । त्यस्तै, कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका सहकोषाध्यक्ष टेकराज जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिबहादुर खड्काको सहभागिता रहेको थियो ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका महासचिव भीमबहादुर कुँवरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो । प्रथम अधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपेन्द्र बिष्टले यातायात क्षेत्रका समस्या समाधानमा सम्पूर्ण क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार