१९ आश्विन २०८१, शनिबार

होकुरीकु खानाजावा नेपाली समाज स्थापना




जापान/ बिहीबार जापानको हो कुरीकु प्रान्त स्थित इसिखावा केनको खानाजावामा बैठक बसेर विभिन्न पेशा व्यवसाय,रोजगारी र विद्यार्थी भिषामा रहेका नेपालीहरुको समस्या समाधानका साथै सामाजिक सेवाका क्रियाकलाप गर्ने उदेश्य राखेर होकुरीकु खानाजावा नेपाली समाज स्थापना भएको छ ।

समाजका पहिलो अध्यक्ष आदित्यजंग कुवँरका अनुसार सो समाजको स्थापना खानाजावामा लामो समयदेखी बस्दै नेपालीहरुलाई सहयाग गर्दै आएका सहयोगी, समाजसेवी रमेश सुनारको अध्यक्षतामा बैठक बसेर सर्वसम्मतरुपमा कमिटी बनेको हो ।

अध्यक्ष – आदित्यजंग कुवँर

बैठकले कुवँरको अध्यक्षतामा १७ सदस्ययीय समिति गठनका भएको छ । सो समितिमा श्रीराम गौतम उपाध्यक्ष, हरि भुषाल सचिव, रञ्जु देवकोटा सहसचिव, नरेश घताङ कोषाध्यक्ष छानिएका छन् ।

यस्तै गरेर सदस्यमा सन्दीप पाण्डे, कमल थापा, विष्णु विक, प्रदिप नेपाल, पवन गुरुङ , गोकुल चापागाई, करण महरा, प्रदिप खत्री, सकुन आचार्य, निराजन पोख्रेल, रमेश वम र विजय सुनार छानिएका छन् ।

समितिमा रमेश सुनार, रमेश वम र अर्जुन तिवारी गरेर तीन जना सल्लाहकारका पनि छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार